सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ओली सरकारले बिना पैसा देशभर अस्पताल शिलान्यास गर्‍यो: स्वास्थ्य मन्त्री खतिवडा

ओली सरकारले बिना पैसा देशभर अस्पताल शिलान्यास गर्‍यो: स्वास्थ्य मन्त्री खतिवडा

5185
Shares
ओली सरकारले बिना पैसा देशभर अस्पताल शिलान्यास गर्‍यो: स्वास्थ्य मन्त्री खतिवडा

काभ्रे : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली सरकारले बिना पैसा देशभरका विभिन्न पालिकामा अस्पताल शिलान्यास गरेको आरोप लगाउनुभयो छ।

आज काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा आधारभूत अस्पताल उदघाटन गर्दै उहाँले आफु मन्त्रालय आउँदा भ्रष्टाचारको डर लाग्दो अवस्था रहेको बताउनुभयो । जतिबेला एमालेको ओली सरकार थियो ।

गठबन्धन सरकारले घोषणा गरे बमोजिम नै कोभिडको खोप लगाई रहेको भन्दै मन्त्री खतिवडाले खोपले कोरोना भाईरसबाट जोगिन खोप अनिवार्य रहेको बताउनुभयो । बुस्टर डोज समेत देशैभर निःशुल्क चलिरहेको बताउनुभयो ।

कोभिड खोप अहिले जतिपनि रहेको उहाँको भनाई थियो । बुस्टर डोज लगाउन सबैलाई आग्रह गर्नुभयो । ‘अहिले जति चाहिँ पनि खोप छ । आनन्दसंग भिडभाड नभएको बेला खोप लगाउनुस् । कोभिड बढेपछि लाईनमा बस्ने प्रबृत्तिको अन्त्य गरौं । म सबैलाई आग्रह गर्छु । बुस्टर डोज लगाईदिनुस् । मन्त्री खतिवडाले भन्नुभयो ।’

मन्त्री खतिवडाले पाँच करोड बढी खोप आएको बताउनुभयो । पाँच पैसा पनि भ्रष्टाचार नभएको दाबी मन्त्री खतिवडाले गर्नुभयो । ‘म स्वास्थ्य मन्त्रालय प्रवेश गर्दै गर्दा भ्रष्टाचारको चाङ थियो

महामारीका बेला ओली सरकारले अनेक काण्ड मच्याईरहेका थिए । तर त्यसलाई सन्तुलन कायम राख्दै मन्त्रालय अहिले जनताको सेवामा समर्पित छ । कोभिड खोपमा मेरो कार्यकालमा कुनै अनियमितता भएको छैन् । हुन दिने छैन् । मन्त्री खतिवडाले भन्नुभयो ।’

मन्त्री खतिवडाले जेष्ठ नागरिक अस्पताल खोलिने बताउनुभयो । जेष्ठ नागरिकहरूका लागि छुट्टै अस्पताल निर्माणका मन्त्री परिषद्ले स्वीकृत दिइसकेको बताउनुभयो ।

मन्त्री खतिवडाका अनुसार नेपालको मध्य मागमा रहने गरी जेष्ठ नागरिक अस्पताल निर्माण हुनेछ । ‘अहिले विभिन्न सेवा क्षेत्रको अस्पताल छ । जेष्ठ नागरिक अस्पताल निर्माणका स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव मन्त्री परिषद् बैठकले स्वीकृति दिईसकेको छ । अब छिट्टै जेष्ठ नागरिक अस्पताल निर्माणको काम अघि बढ्नेछ । मन्त्री खतिवडाको भनाई छ ।’

मन्त्री खतिवडाले ओली सरकारले बिना पैसा देशभरका विभिन्न पालिकामा अस्पताल शिलान्यास गरेको आरोप लगाउनुभयो । मन्त्री खतिवडाले विकासको कहिल्यै अन्त्य नहुने दाबी गर्नुभयो । उहाँ विकासको चरण फेरिने बताउनुभयो ।

मण्डनदेउपुर आधारभूत अस्पताल बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको साझेदारीमा निर्माण गरिएको हो । १० करोड भन्दा बढी लगानीमा अस्पताल निर्माण गरिएको हो ।

5185
Shares

ट्रेन्डिङ