सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रे तेमालको अध्यक्षमा काग्रेसबाट सुनिल लामाको दावि

काभ्रे तेमालको अध्यक्षमा काग्रेसबाट सुनिल लामाको दावि

10910
Shares
काभ्रे तेमालको अध्यक्षमा काग्रेसबाट सुनिल लामाको दावि

आसन्न स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरु उम्मेदवार छनौट प्रक्रियामा लागिरहेका छन् । उम्मेद्वारका आकाक्षी नेताहरु भने आ—आफ्नो पक्षमा टिकट ल्याउन व्यस्त देखिन्छन् ।

यसैबिच काभ्रेका १३ वटै पालिकाममा पनि आकाक्षी उम्मेद्वारहरु टिकट ल्याउने दौडमा अघि बढिरहेका छन् । स्थानीय तहमा चुनावपछिको जितसंगै पाँच वर्षमा आफ्नो पालिकामा विकास र समृद्ध कसरी ल्याउने भन्ने योजनाका बनाइरहेको देख्न सकिन्छ ।

पर्यटनको प्रचुर सम्भावना बोकेको तेमाल गाउँपालिकामा पनि प्रतिसपर्धीको कमी छैन । तेमाल गाउँपालिकामा पनि चुनावी माहोल रौनकमय नै छ । तेमालको नेतृत्व लिन नेपाली काग्रेसको तर्फबाट सुनिल लामा अघि बढेका छन् ।

लामो समयदेखि विभिन्न क्षेत्रमा रहेर समाज सेवा गर्दै आएका लामाले यो पटक भने पालिका अध्यक्षमा उठ्ने तयारी थालेका छन् । पालिकाको विकासको लागि अहोरात्र खटिरहेका लामा पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका ऐजेण्डा बोकेर आफुले पालिका अध्यक्षमा दावि गरेको लामाले बताए ।

उनीसंगै अरु ९ जनाले पनि अध्यक्षको रुपमा आफुलाई तयार पारिरहेका छन् । सरकाले बेलाबेलामा ल्याउने विभिन्न अभियानलाई अभियानकै रुपमा मात्र सिमित नगर्नको लागि पनि आफुले उक्त पदको लागि दावि गरेको उनको भनाई छ ।

आफु पालिका अध्यक्ष भएमा समृद्ध तेमाल निमार्णको लागि प्रमुख भुमिका हुने उनी बताउछन् । विभिन्न कला क्षेत्रमा पनि सक्रिय लामा चुनावी मैदानमा उत्रिएपछि जनताले आफुलाई पूर्ण विश्वास गर्ने र चुनाव जित्त हम्मे हम्मे पनि नपर्ने उनको भनाई छ ।

 

10910
Shares

ट्रेन्डिङ