सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जापानको प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने

जापानको प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने

4035
Shares
जापानको प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने

जापानका लागि कार्यवाहक नेपाली राजदुत कृष्ण चन्द्र अर्यालले नेपाल–जापानवीच द्धिपक्षीय उच्चस्तरीय राजनीतिक भ्रमणको लागि आफूले पहल गरिररहेको बताएका छन् ।

साताव्यापी जापान भ्रमणमा रहेका बेला जापानको टोकियोमा कार्यवाहक राजदुत अर्यालले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘यो हामी सबैलाई खट्किएको विषय हो । हालै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलेपनि जापानको भ्रमणमा आउनुभएको थियो ।

उक्त अवसरमा एउटा बुँदा मैले भनेको थिएँ । मैले जापानबाटपनि उच्चस्तरको भ्रमण नभएको बारेमा कुरा उठाएको थिएँ । यो विषयमा त्यतिवेलापनि कुरा उठाईएको थियो । यो जापानबाट हामी गराउने पक्षमा छौं । र नेपालबाटपनि यो गृहकार्य गर्नुपर्छ ।’

उनले अघि थपे,‘अब छिट्टै जापानका प्रधानमन्त्रीले पनि नेपालको भ्रमण गर्ने बारेमा यहाँ कुटनीतिक तहमा छलफल तथा गृहकार्य भैरहेको छ, र नेपालका प्रधानमन्त्रीले पनि जापानको भ्रमण गर्नुपर्छ भन्ने यहाँपनि कुरा उठेको छ।’
राजदुत अर्यालले जापान नेपालको विकासमा हरहमेसा सहयोग गर्न तयार रहेको समेत बताएका छन् । उनले नेपाल र जापानवीच द्धिपक्षीय उच्चस्तरीय राजनीतिक भ्रमण नभएको धेरै लामो समय भएकोले अब यसको लागि आफूले अहिले पहल गरिरहेको समेत जानकारी दिए ।

नेपाल–जापान द्धिपक्षीय सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठ पुगेको अवसरमा आफूहरुले यसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरेर मनाईरहेको बताउँदै उनले भने,‘हुन त हाम्रो जनस्तरको सम्बन्ध चाहीँ बुद्ध धर्मको प्रचार वा बुद्ध धर्म जापानमा प्रवेश भएसँगैलाई मान्न सकिन्छ । तर आधिकारिक रुपमा सन् १९६० देखि सम्बन्ध हो । जापान हाम्रो लागि अत्यन्तै ठूलो सहयोगी मित्रराष्ट्र हो । दुई देशवीचको सम्बन्ध अति नै उत्तम छ । नेपालको विकासमा जापानको भूमिका अत्यन्तै प्रंशनीय छ । आगामी दिनमा हामीले यसलाई कसरी म्याटरलाईज गर्ने भन्नेबारेमा सोच्नुपर्छ ।’

उनले जापानले नेपालको आर्थिक विकासमा ठूलो सहयोग गरेको बताउँदै भने,‘सहयोगको कुरा गर्ने हो भने हाम्रो देशको राजनीतिक अस्थिरताको कारण कामहरु समयमै सम्पन्न हुँदैनन् । बर्दिवासको विपी राजमार्गको कुरा गनुृहोस्, यी समयमै सकिएका प्रोजेक्ट हुन् । अब छिट्टै कलंकी–नाघढुँगा सुरुङ्मार्ग पनि चाँडै जापानको सहयोगमा निर्माण हुँदैछ ।’

उनले नेपालप्रति सबै जापानी नेताहरुको पनि ठूलो सद्भाव रहेको बताए । उनले अघि थपे,‘उहाँहरु सबै जना नेपाल भ्रमण जान पाए हुन्थ्यो भन्ने चाहानुहुन्छ । नेपाल सरकारले पनि आफ्नो तर्फबाट एप्रोज गरिरहेको छ । जाईकामार्फत प्रोजेक्टहरु अघि बढाउने काम भैरहेको छ। ठोस गतिला कुराहरु अघि बढाओस् भन्ने जापानको चाहना छ ।’

नेपालमा सरकार परिवर्तन भैरहन्छ, यसले कत्तिको असर गर्छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,‘सरकार परिवर्तनले त्यस्ता कुराहरुमा स्वभावले तलमाथि गर्ने देखिन्छ । तर जापानीहरको भनाईमा सरकारले अघि सारेका कुराहरुमा परिवर्तन नहोस् भन्ने आशय बुझिन्छ ।’

कार्यवाहक राजदुत अर्यालले जापान एशियामा प्रविधिलाई नेतृत्व गरेर अघि बढेको देश भएको उल्लेख गर्दै नेपालले पनि यस्तो प्रविधिबाट फाईदा लिन सकोस भनेर पहल गरिरहेको समेत बताए । ‘हुन त उनीहरु सहयोग गर्नपनि तयार छन्’, उनले भने । राजदुत अर्यालले नेपाल सरकारल पनि जापानको विकास र सिपबाट फाईदा लिईरहेको जानकारी दिए ।

‘अहिले नेपाल सरकारका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई तालिममा प्रविधि सिकाउने कामहरु भैरहेको छ । छलफलहरु अहिले बढिरहेको छ । जापानले नेपालमा विशेष सहयोग गर्न तयार छ’, उनले थपे ।

4035
Shares

ट्रेन्डिङ