सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा पालिका चुनावः कतै तोडफोड र झडप,कतै १०५ वर्षिया बृद्धा देखि किरियापुत्री सम्मले गरे मतदान

काभ्रेमा पालिका चुनावः कतै तोडफोड र झडप,कतै १०५ वर्षिया बृद्धा देखि किरियापुत्री सम्मले गरे मतदान

9205
Shares
काभ्रेमा पालिका चुनावः कतै तोडफोड र झडप,कतै १०५ वर्षिया बृद्धा देखि किरियापुत्री सम्मले गरे मतदान

काभ्रेमा स्थानीय तहको निर्वाचन जारी छ । १३ स्थानीय तह रहेको जिल्लामा केहि बाहेक सबै स्थानीय तहमा शान्तिपुर्णरुपमा मतदान भइरहेको छ । केहि मतदान केन्द्रमा भने झडप समेत भएको छ ।


चौंरीदेउराली गाउँपालिका ६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका १३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका ७ को भुमेश्वोर मावि केन्द्र र तेमाल ९ कुशेश्वोर मावि केन्द्रमा झडप र तोडफोड भएको थियो ।

तत्कालका लागि मतदान स्थगित भएपनि अहिले भने मतदान भइसकेको छ ।

१०५ वर्षिया बृद्धाले गरिन मतदान
जिल्लामा १०५ वर्षिया बृद्धाले मतदान गरेकी छन् । जिल्लाको धुलिखेल नगरपालिका वडा नं ९ की १०५ वर्षिया दिल कुमारी रानाभाटले मतदान गरेकी हुन् ।

उनले काभ्रे भन्ज्याङको कर्थरी माध्यमिक विद्यालयमा पुगेर स्थानीय तह चुनावमा सहभागीता जनाएकी हुन् ।उनले आफूले सहजरुपमा नै मतदान गर्न पाएको भन्दै खुसी व्यक्त गरेकी छन् । उनले सबैको राम्रो र भलो होस् भनि आर्शिवाद समेत दिएकी छन् ।

अपांगता भएकालाई सकस,ह्विलचियर बिनै मतदान केन्द्रमा
जिल्लाकी निरु माया तामाङले पनि मतदान गरेकी छन् । काभ्रेको वडा नं ९ की तामाङले कर्थरी माध्यमिक विद्यालयमा पुगेर मतदान गरेकी हुन् । मतदान केन्द्र नजिकैसम्म गाडी चढेर पुगेकी तामाङ फरक क्षमता (अपांगता) भएकी महिला हुन् । उनी गाडीबाट झरेपछि अप्ठ्यारो गरि हिँडेर गएकी उनले मतदान गरीन् । उनको खुट्टामा समस्या छ र उनलाई हिँडडुल गर्न समस्या हुन्छ ।

मतदान केन्द्रमा ह्विलचियरको व्यवस्था नहुँदा समस्या भएको छ । ७८ वर्षिया तामाङले आफ्नो लागि सरकारले केहि नगरेको गुनासो गरेकी छिन् । उनले नेताहरु भोट माग्न मात्रै आफ्नो घर आउने गरेको भन्दै अब केहि गर्छन कि भन्ने आशले मतदान गरेकी बताईन् । निरु माया मात्रै हैन अन्य धेरै फरक क्षमता ( शारिरिक अपांगता) भएकाहरु विना ह्विलचियर घिस्रदै भएपनि मतदान गर्न आफ्नो मतदान केन्द्र आएका थिए ।

बुबाको किरिया बसेका भिमसेन गिरीले गरे मतदान
जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा बुबाको किरिया बसेका भिमसेन गिरीले पनि मतदान गरेका छन्। उनी नेपाली काङ्ग्रेस बागमति प्रदेश समितिका प्रतिनिध, केन्द्रीय प्रचार प्रसार उप समिति सदस्य समेत हुन् भने,केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठान सदस्य समेतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

गिरीले पाँचखाल नरपालिका वडा न ४ मा रहेको समाज कल्याण प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई छनौट गर्नुपर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको उनी बताउँछन्।

9205
Shares

ट्रेन्डिङ