सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेका यी पालिकाको भइरहेको छ मतगणना

काभ्रेका यी पालिकाको भइरहेको छ मतगणना

22605
Shares
काभ्रेका यी पालिकाको भइरहेको छ मतगणना

काभ्रेमा हिजो सम्पन्न मतदानको मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म ६ वटा स्थानिय तहको मतगणना सुरु भएको छ । । यी सबै स्थानीय तहमा आज बिहानबाट गणना सुरु भएको हो ।

१३ स्थानीय तह रहेको जिल्लामा धुलिखेल, बनेपा, मण्डनदेउपुर नगरपालिकाको मत गन्न थालिएको छ । त्यस्तै बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका र भुम्लु गाउँपालिकामा पनि मतगणना सुरु निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पनौती गरपालिकामा अहिले १० बजेबाट मत गणना सुरु गर्ने तयारी भइरहेको छ । नमोबुद्धमा पनि सर्वदलिय बैठक बसेर मतगणना शुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

उता रोशी गाउँपालिकामा पनि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिए । निर्वाचन स्थगित भएको पाँचखालमा भने १३ नम्बर वडामा अर्को निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणना हुनेछ ।

22605
Shares

ट्रेन्डिङ