सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पाँचखालमा घुलनशील औषधि छर्न ड्रोन

पाँचखालमा घुलनशील औषधि छर्न ड्रोन

12745
Shares
पाँचखालमा घुलनशील औषधि छर्न ड्रोन

काभ्रे : पाँचखालमा घुलनशिल औषधी, निमजन्य विषाधि, मल छर्नको लागि ड्रोनको परीक्षण गरिएको छ ।

पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य विषाधी, मल लगायत घुनलशिल पदार्थ छर्ने परीक्षण गरिएको हो ।

१६ लिटर क्षमताको ड्रोनले एक पटकमा १६ रोपनी जग्गामा विषाधि छर्ने मुक्ती कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिए । यसलाई ‘अटोमेटिक’ रुपमा पनि सञ्चालन गर्न सकिने तथा नियन्त्रणमा राखेर पनि सञ्चालन गर्न सकिने पाण्डेको भनाई छ । पाण्डेका अनुसार सेन्सर सहितको यो ड्रोनलाई रुख, तारहरु भएपनि असर नपर्ने जानकारी दिए ।

अटोमेटिक राख्दा पहिलानै चार किल्ला सेट गर्ने र त्यहि अनुसार मात्र निमजन्य विषाधि छर्नुपर्छ भने आफैले रिमोटबाट चलाउँदा ८ किलामिटरको दुरी सम्म विषाधि छर्न सकिने पाण्डेले जानकारी दिए ।

परीक्षण कार्यक्रममा उपस्थित स्थानीय कृषक सरस्वती दाहाल अधिकारीले व्यक्तिले पम्प बोकेर हाल्नुपर्ने, एक रोपनीमै ४ पम्प सम्म हाल्नुपर्ने भएको जानकारी दिदै नयाँ प्रबिधिबाट हाल्दा समयको बचत, खेताला कम, पैसा कम पर्ने भएकोले सहजीकरणको लागि नगरपालिकाकालाई अनुरोध गरिन ।

परीक्षणको अनुगमन गर्दै पाँचखाल नगरप्रमुख महेश खरेलले कृषिलाई यान्त्रीकरण गर्दै लैजाने प्रयास स्वरुप परीक्षणको रुपमा ड्रोनबाट औषधी, निमजन्य विषाधि र मल छर्कने कार्यको परीक्षण गरिएको जानकारी दिए ।

‘पहिलो चरणमा सफल हुन्छ की हुँदैन भनेर परीक्षण गर्यौ, यसबाट कृषकको पक्षमा हुन्छ की हुँदैन, कृषकको स्वास्थ्यमा असर पर्छ की पर्दैन र आर्थिक रुपमा कृषकलाई कति बचत हुन्छ त्यसको अध्ययन गरेर नगरपालिकाले कृषकलाई सहयोग गर्ने जानकारी दिए ।

12745
Shares

ट्रेन्डिङ