सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बनेपा ढुबान रोक्न फिल्डमा उत्रिए नगर प्रमुख शान्तिरत्न

बनेपा ढुबान रोक्न फिल्डमा उत्रिए नगर प्रमुख शान्तिरत्न

22840
Shares
बनेपा ढुबान रोक्न फिल्डमा उत्रिए नगर प्रमुख शान्तिरत्न

काभ्रे : पानी पर्दा डुबान र घाम लाग्दा धुलाम्य हुने काभ्रेको बनेपा नगरपालिकामा नयाँ नेतृत्व आए सगैँ सबैको ध्यान अब के होला भन्नेतर्फ केन्द्रित भएको छ ।

पालिका भित्र डुवानको समस्या भोगिरहेका नागरिक मात्रै नभई जिल्ला र बनेपा हुँदै काठमाण्डौँ आवतजावत गर्नेहरुलाई पनि डुबानले सास्ती दिदै आएको छ । वर्षैंदेखिको समस्यालाई कसरी समधान गर्न सकिन्छ भन्दै नगर प्रमुख शान्तिरत्न शाक्य,उपप्रमुख बिमला सापकोटा सहित इन्जिनियर र विज्ञ टोलीले स्थलगत अवलोकन गरेका छन् ।

नगर प्रमुख शाक्य निर्वाचित भएदेखिनै यस विषयमा बढी सक्रिय भएर लागेका छन् । उनले पदभार ग्रहण गर्दा आफ्नो पहिलो प्राथमिकता डुबानमुक्त बनेपा बनाउनु रहेको बताएका थिए ।

डुबानले पालिकाबासी मात्रै हैन अरनिको राजमार्गनै बन्द हुदाँ यात्रुलाई पनि सास्ती हुने गरेको छ । उक्त समस्या समधानका लागि आज बनेपाको पुलबजार लगायत ठाँउमा अवलोकन गरेका छन् ।

नगर प्रमुख शाक्यले स्थानिय सँग आवश्यक सल्लाह र परामर्श समेत लिएका छन् । स्थानियले जवाफमा खोलानालाको व्यवस्थापन राम्रो सँग नहुँदा र खोलामा फोहोर फ्याक्दा समस्या आएको बताएका थिए ।

नगर प्रमुख शाक्यलाई खोला वरिपरि जम्मा भएको फोहोर पन्छाउन स्थानियले आग्रह गरेका थिए । प्रमुख शाक्यले छिट्टैनै डुबान समस्याको समाधान गर्न आफू प्रतिवद्ध भएर दिनरात नभनि लाग्ने बताएका छन् ।

22840
Shares

ट्रेन्डिङ