सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा एमाले एक्लै भिड्ने

जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा एमाले एक्लै भिड्ने

25395
Shares
जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा एमाले एक्लै भिड्ने

काभ्रे : जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा एमाले एक्लै भिड्ने भएको छ । जिल्ला कमिटी सचिब राजन भुर्तेलले एमालेले सबै पदमा उम्मेदवारी दिने जानकारी दिनुभयो । ।

जिल्ला कमिटी सचिब भुर्तेलका अनुसार उम्मेदवारका नामका बारे भने अहिलेसम्म औपचारिक छलफल भैसकेको छैन् । एमालेसंग जम्मा ४ मत मात्रै छ । जिल्ला समन्वय समितिमा नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले मतदान गर्ने ब्यवस्था छ ।

‘हामीले सबै पदमा उम्मेदवारी दिने गरी तयारीमा जुटिरहेका छौँ । तर कुन पदमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा पार्टी औपचारिक निर्णय गरिसकेको छैन् । जे होस् एमालेले उम्मेदवारी दिन्छ । आन्तरिक तयारी गरिरहेका छौँ । सचिब भुर्तेलले भन्नुभयो ।’

जिसस काभ्रेको निर्वाचन प्रक्रिया यहि २७ गतेदेखि सुरु हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन कार्य तालिका सार्वजनिक गरेपछि काभ्रेमा दलहरु तयारीमा जुटेका हुन् ।

बैशाख ३० गतेसकिएको निर्वाचन अघि सत्ता साझेदार पाँच दलबीच भएको सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख नेकपा (एकीकृत समाजवादी) लाई दिने निर्णय भएको छ ।

निर्वाचनपछि केन्द्रमा बसेको गठबन्धनको बैठकले पनि यसअघिको निर्णयलाई कार्यान्वयन गरेरै कार्यपालिका सदस्य र जिसस गठन गर्ने निर्णय गरेको छ ।

25395
Shares

ट्रेन्डिङ