सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसमा प्रवेशको लहर बढ्दो: रयाले मै साढे दुई सय जनाले एमाले छाडेर काँग्रेसमा प्रवेश

काभ्रे काँग्रेसमा प्रवेशको लहर बढ्दो: रयाले मै साढे दुई सय जनाले एमाले छाडेर काँग्रेसमा प्रवेश

7660
Shares
काभ्रे काँग्रेसमा प्रवेशको लहर बढ्दो:  रयाले मै साढे दुई सय जनाले एमाले छाडेर काँग्रेसमा प्रवेश

 

 

काभ्रे : स्थानीय तहको चुनाव नजिकदै जाँदा काभ्रेमा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश गर्नेको लहर चलेको छ ।

 

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको चुनावका लागि मिती घोषणा गरेको छ । यसैबिच काभ्रेको पनौती नगरपालिका वडा नं १ रयालेमा आज एकैदिन ठूला संख्याा नेता कार्यकर्ताले एमाले त्यागेका छन् ।

 

आज एक कार्यक्रमकाबिच एमाले पार्टी छाडेर साढे दुई सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । कम्युनिष्टले जनतालाई भ्रम छरेको, मुलुकमा अस्थिरता निम्त्याएको भन्दै आफूहरुले एमाले छाडेर काँग्रेस रोजेको बताएका छन् ।

 

 

नेपाली काँग्रेस रयाले वडा समितिद्धारा टोल समिति, भातृ संस्था गठन, पार्टी प्रवेश तथा बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

 

नव प्रवेशीहरुलाई काँग्रेस केन्द्रीय सदस्यद्धय गणेश लामा र मधुप्रसाद आचार्य, बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला सभापति तीर्थ लामाले टिका, खादा र पार्टी सदस्यता वितरण गरेका छन् ।

 

पनौती नगरपालिका वडा न १ रयालेका सभापति लक्ष्मण सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्खाल चौरबाट कार्यक्रम स्थल मुरली खोलासम्म मोटर साइकलको ¥याली सहित काँग्रेसले शक्ती प्रर्दशन गरेको थियो ।

 

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गणेश लामाले काँग्रेसले जे बोल्छ, त्यही गर्छ भन्ने जनताले बुझदैँ जान थालेपछि काँग्रेसमा जिल्लाभर आकर्षण बढेको बताएका थिए ।

 

 

स्थानीय तहको चुनाव नजिकदै जाँदा भएको सयौँ संख्याको पार्टी प्रवेशले काँग्रेसलाई थप उर्जा मिलेको बताएका थिए । उनले स्थानीय चुनावमा काँग्रेसको जीत सुनिश्चित रहेको समेत उनको दाबी छ । उक्त कार्यक्रममा काँग्रेस जोगाउन भूमिका खेल्ने अग्रजलाई सम्मान गरिएको थियो ।

 

 

7660
Shares

ट्रेन्डिङ