सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ६३ औ प्रहरी दिवस काभ्रेमा सम्पन्न

६३ औ प्रहरी दिवस काभ्रेमा सम्पन्न

4490
Shares
६३ औ प्रहरी दिवस काभ्रेमा सम्पन्न

रक्तदान देखि सरसफाई र खेलकुद सम्मको कार्यक्रम

काभ्रे, असोज २७,नेपाल प्रहरीको ६३ औ प्रहरी दिवसको अवसरका जिल्ला प्रहरीले कार्यालय काभ्रेले पनि विभिन्न कार्य गदै प्रहरी दिवस कार्यक्रममा मनाएको छ ।  प्रमुख जिल्ला अधिकारी  शिव प्रसाद सिमखडा प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सिमखडाले अमर वीर शहिदले देखाएको बाटो र कर्मलाई आत्मसाथ गर्दै देश र जनताको सेवामा सदैव समर्पित हुन सबै प्रहरी अधिकृत तथा जवानहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बागमती अञ्चल प्रहरी कार्यालयका प्रमुख धिरजप्रताप सिंहले सबै प्रहरीले सधैव आफ्नो काम कर्तव्य नभुली देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख सहकुल थापाले प्रहरी दिवसको अवसरमा सबै प्रहरीलाई धन्यवाद दिदै सधैव सबै अधिकृत तथा जवानहरु आफ्नो डियूटी के हो र मेरो काम के हो भन्ने नभुली देश र जनताको सेवामा सधैव एक जुट भई लाग्न निर्देशन दिए । कार्यक्रममा विभिन्न नगरपालिका, गाउँपालिकाका प्रमुख, समाजसेवी, सर्वसाधारण, पत्रकार लगायतका उपस्थिती रहेको थियो ।


प्रहरी दिवसका अवसरमा काभ्रे प्रहरीले केके गरे
प्रहरी दिवसको अवसर अन्य जिल्लाको जस्तै काभ्रे प्रहरीले पनि सामाजिक कार्य गदै प्रहरी दिवस मनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरीले  बनेपा स्थित चण्डेश्वरी मन्दिर वरपर सरसफाई, प्रहरी दिवसको अवसर पारी  जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा बिहिबार रक्तदान,जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आसपासमा रहेको सार्वजनिक स्थल तथा मठ मन्दिरको सरसफाई, रक्तदान र आन्तरिक ब्याटमिन्टन (डबल) तथा टेवल टेनिस प्रतियोगिता लगायत कार्यक्रम गरेको थियो ।


प्रहरी दिवसको अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सर्वसाधारण गरी ४५ जना व्यक्तिहरुले रक्तादान गरेका थिए । खेलकुद कार्यक्रममा आन्तरिक खेलकुद तर्फ पुरुष डबल ब्याटमिन्टन तर्फबाट प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनी र प्रहरी सहायक निरीक्षक बिष्णु बस्नेतको जोडि प्रथम र पुरुष डबल टेवल टेनिस प्रतियोगिता तर्फ प्रहरी जवान कृष्ण बहादुर भण्डारी र प्रहरी जवान रमेश कुमार थिङ्गको जोडिले प्रथम स्थान हासिल गरेका थिए । खेलकुद तथा रक्तदान गर्ने सबैलाई प्रमुख अतिथि तथा अतिथीहरु प्रमाण पत्र प्रदान गरेका थिए ।

4490
Shares

ट्रेन्डिङ