सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा दुना, टपरी बनाउन प्रविधीको प्रयोग

काभ्रेमा दुना, टपरी बनाउन प्रविधीको प्रयोग

2440
Shares
काभ्रेमा दुना, टपरी बनाउन प्रविधीको प्रयोग

काभ्रे : घरायसी प्रयोजनको लागि बनाउदै आएको दुना, टपरी बनाउने कामलाई ‘व्यवसायिक’ बनाउन नमोबुद्ध नगरपाालिकाले तालिम सञ्चालन गरेको छ ।

सालको पातबाट दुना, टपरी, बोता लगायत सामाग्री बनाउनको लागि नगरपालिकाले प्रविधि (मेसिन) भित्राएर वडा नं ३, ४ र ५ का १५ जना महिलालाई ४ दिनसम्म तालिम दिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

तालिमको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, प्रमुख प्रशिक्षक कमला सुवेदी लगायतले स्थानीय स्तरमा पाइने सामाग्री र प्रविधीको प्रयोग गरेर व्यवसायिक उत्पादन गरी आयआर्जन गर्न र उत्पादनलाई निरन्तरता दिन अनुरोध गरे ।

2440
Shares

ट्रेन्डिङ