सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेका बालगृह तथा वृद्धाश्रममा अनुगमन

काभ्रेका बालगृह तथा वृद्धाश्रममा अनुगमन

4845
Shares
काभ्रेका बालगृह तथा वृद्धाश्रममा अनुगमन

काभ्रे । काभ्रेमा रहेका बालगृह तथा वृद्धाश्रमको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपामा र धुलिखेलमा रहेको बालगृह तथा वृद्धाश्रम अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र गैसस महासंघको संयुक्त टोलीले अनुगमन गरेको हो ।

संयुक्त अनुगमन टोलीले बनेपामा रहेको बौद्ध विहार वृद्धाश्रम र धुलिखेलमा रहेको सहयोग र सरोकार बालगृह, सिद्धार्थ बालगृह, नेपाल वास्ता समाज बालगृहमा गई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालनमा छन् कि छैनन्, वृद्धवृद्धा तथा बालबालिकाहरुको अवस्थाका बारेमा जानकारी लिइएको थियो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नेपाल सरकारले आवासीय बालगृह सञ्चालन सम्बन्धी मापदण्ड बनाएको र सो अनुसार विभिन्न गैरसरकारी संस्थाहरुले आवासीय बालगृह सञ्चालन गरेको बताइन् ।

उनले काभ्रे जिल्लाको बनेपा र धुलिखेल नगरपालिकाभित्र रहेका बालगृहहरु र वृद्धाश्रमको अनुगमन गरी मापदण्ड बमोजिम सञ्चालन भएका छन् कि छैनन्, पालना गर्नुपर्ने मापदण्ड पालना गरेका छन् कि छैनन् र बालबालिकाहरुले पाउनुपर्ने उचित हक, अधिकार, शिक्षा, खान, लाउन, बस्न राम्रोसँग पाएका छन् कि छैनन् भनी त्यसका बारेमा अनुसन्धान गरेकाे बताइन् ।

उनले मापदण्डले सूचकहरु तोकेको छ र सोही अनुसार सञ्चालन हुनुपर्ने बताउँदै उचित वातावरणमा बालबालिकाहरु रहन पाउनुपर्ने र सो बमोजिम पाइएन भने कानूनी कारवाही गर्ने बताइन् ।

संयुक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनार, जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडा, गैसस महासंघका अध्यक्ष टोमप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

4845
Shares

ट्रेन्डिङ