सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा ५ वर्षिय बालिकाको इन्द्रावती खोलामा डुबेर मृत्यु

काभ्रेमा ५ वर्षिय बालिकाको इन्द्रावती खोलामा डुबेर मृत्यु

1035
Shares
काभ्रेमा ५ वर्षिय बालिकाको इन्द्रावती खोलामा डुबेर मृत्यु

काभ्रे । दोलालघाटमा ५ वर्षिय बालिकाको डुबेर मृत्यु भएको छ ।

धुलिखेल घर भई दोलालघाट बस्दै आएकी ५ वर्षिया रोजिना खड्कीको इन्द्रावती खोलाको पानी जमेको दहमा डुबेर मृत्यु भएको हो ।

धुलिखेल नगरपालिका ६ घर भई हाल दोलालघाट बस्दै आएकी रोजीना खेल्ने क्रममा इन्द्रावती खोलाको पानी जमेको दहमा डुबेर अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरी चौकी दोलालघाटको सहयोगमा उद्धार गरी धुलिखेल अस्पताल पठाइएको र उपचारको क्रममा धुलिखेल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्कीका बाबुआमा भुम्लु गाउँपालिका १० दोलालघाटमा व्यापार गर्दै आएका छन् ।

1035
Shares

ट्रेन्डिङ