सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

जिप दुर्घटना, ७ जना घाइते

9230
Shares
जिप दुर्घटना, ७ जना घाइते

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका-१ पिपलडालीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । १० जना यात्रु बोकेर कोल्टीबाट धुलाचौरका लागि छुटेको जिप दिउँसो साढे १ बजे सडकबाट करिब ३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जिप दुर्घटनामा परेको हो । साइड दिने क्रममा जिप दुर्घटनामा परेको इलाका प्रहरीले कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षीय असल परियार घाइते भएका छन् । सोही वडाका ३० वर्षीय पुन्न सार्की, ३० वर्षका नन्दकृष्ण सार्की, ४९ का कृष्णबहादुर सार्की र हिमाली गाउँपालिका वडा नं ४ की ३५ वर्षीया छम्मा सुनार, वडा नं ६ का वर्ष १८ का मान बहादुर सार्की सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिए ।

घाइतेहरूको ढाड, कम्मर, आँखा र नाकमा चोट लागेको र उनीहरू प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ ।

9230
Shares

ट्रेन्डिङ