• होमपेज
  • काभ्रेका बृद्धबृद्धालाई लौरो र छाता वितरण

काभ्रेका बृद्धबृद्धालाई लौरो र छाता वितरण

काभ्रेका बृद्धबृद्धालाई लौरो र छाता वितरण

काभ्रेपलाञ्चोक जिल्लाको अति विकट खानीखोला गाउँपालिका वडा नम्बर ४ का बृद्धबृद्धालाई लौरो र छाता वितरण गरिएको छ । धुलिखेल स्थित कान्छी माया तामाङ फाउण्डेशनको सहयोगमा वडा नम्बर ४ ले हिजो जगथलीमा एक कार्यक्रमको आयोजना बृद्धबृद्धालाई लौरो र छाता वितरण गरेको हो ।

पालिका अध्यक्ष इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ को प्रमुख आतिथ्यता र वडा अध्यक्ष निशान मोक्तानको सभाअध्यक्षतामा भएको कार्यक्रममा ६८ वर्षमाथिका ८३ जना बृद्धबृद्धालाई लौरो र छाता वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थिङले चुनावका बेला गरेको बाचा पालिकाले पुरा गर्दै गएको दाबी गर्नुभयो । ‘हामीले निर्वाचनका बेला गरेका बाचा पुरा गरिरहेका छौँ । अझै धेरै गर्न बाँकी छ । हामी सबैसंग हातेमालो लगेर अघि बढी रहेका छाँै । खानीखोलाका जनताको मुहारमा खुशी ल्याउन सक्दो काम गर्ने छौँ ।’ पालिका अध्यक्ष थिङले भन्नुभयो ।

कान्छी माया तामाङ फाउण्डेशनका अध्यक्ष एवं कार्यक्रम विशेष अतिथी डाक्टर दिल बहादुर तामाङ दुर दराजका बृद्धबृद्धा, असहाय, अपांगता भएका नागरिकको सेवा गर्नु नै फाउण्डेशनको मुख्य उद्देरहेको भन्दै खानीखोला गाउँपालिकामा आगामी दिनमा काम गर्दै जाने बताउनुभयो । ‘म सानै उमेरमा खानीखोला र महाभारत गाउँपालिकाको विभिन्न गाउँ, बस्ती डुलेको छु । यहाँका नागरिकले भोगिरहेको समस्या नजिकबाट बुझेको छु । हाम्रो उद्देश्य भनेको बृद्धबृद्धा, सहाय, अपांगता भएका ब्यक्तिलाई सेवा दिनु हो । खानीखोला गाउँपालिकामा अगामी दिनहरुमा फाउण्डेशन गर्न सक्ने सहयोग गर्छ ।’ डाक्टर तामाङले भन्ननुभयो ।

वडा अध्यक्ष मोक्तानले आगामी दिनमा सहकार्य गर्न तयार रहेको भन्दै लौरो र छाता वितरण गर्न सहयोग गरेकोमा कान्छी माया तामाङ फाउण्डेशनलाई विशेष धन्यवाद दिनुभयो । कार्यक्रममा वडा नम्बर ४ का विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, नागरिक संघसंस्थाका प्रतिनिधि सहभागि भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका