सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा श्रीमानको कुटाइबाट श्रीमतीकाे मृत्यु

काभ्रेमा श्रीमानको कुटाइबाट श्रीमतीकाे मृत्यु

116375
Shares
काभ्रेमा श्रीमानको कुटाइबाट श्रीमतीकाे मृत्यु

काभ्रे : श्रीमानकाे कुटाईबाट घाइते हुनुभएकी नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का दलित महिला सदस्य ज्ञानी विकको निधन भएको छ ।

४५ वर्षीय ज्ञानीको आज विहान उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयले काभ्रेपलाञ्चोकले जनाएको छ । काभ्रेका एसपी भाग्येन्द्र पुरुष ढकालका अनुसार कुटपिट भएको थाहा पाउन साथ मृतक ज्ञानीका ४८ बर्षीय श्रीमान शम्भु विकलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो ।

घटना जेठ २९ गते अन्दाजी राति १० बजेतिरको हो । श्रीमानको कुटपिटबाट ज्ञानीको टाउ र शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । शम्भुलाई कुटपिट भएकै दिन पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । श्रीमतीको मृत्युपछि शम्भुलाई कर्तब्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

श्रीमानको कुटपिटबा ज्यान गुमाउनुभएकी ज्ञानी नेकपा एमालेको संगठित सदस्य पनि हुन् । एमाले नमोबुद्ध नगर कमिटी सचिब गणेश लामाले आज एक शोक बक्तब्य जारी गर्दै ज्ञानीको निधनबाट पार्टीलाई क्षति पुगेको बताउनु भएको छ ।

116375
Shares

ट्रेन्डिङ