सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा बोलेरो दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

काभ्रेमा बोलेरो दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

18185
Shares
काभ्रेमा बोलेरो दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक ४ पडगाउँडाँडामा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका बेथानचोक गाउँपालिका ४ पड्गाँउडाँडाका दलबहादुर तामाङको मृत्यु भएको हो । उनको बनेपास्थित शिर मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको बेथाञ्चोक ४ का वडाध्यक्ष कृष्णबहादुर पाख्रिनले बताए ।

अरु घाइते राजु लामाको टाउकोमा गम्भीर चोट लागेको छ । चालक श्रीराम खत्रीको दुवै खुट्टामा चोट लागेको र अर्का घाइते धमाइ तामाङलाई सामान्य चोटपटक लागेको छ ।

पडगाउँडाँडादेखि क्लबघर निस्कने सडकमा सानो बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेर दुर्घटना भएको हो ।

18185
Shares

ट्रेन्डिङ