सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु

ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु

51980
Shares
ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु

झापा : झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी-साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मोरङ उर्लाबारीका ४५ वर्षीय गुरुचन चौधरी र १८ बर्षिय कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ। गुरुचरण र कुमकुम बाबुछोरी हुन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा सवार उनीहरूको मृत्यु भएको हो । घटना मंगलबार बिहानकाे हाे। दुर्घटनाबाट गम्भीर घाइते भएका बाबु-छोरीलाई उपचारका लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए।

51980
Shares

ट्रेन्डिङ