सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • अहिलेको सरकारले भ्रष्टाचारि कसैलाई छोड्दैन, यो गठबन्धन ५ वर्ष टिक्छ : मन्त्री प्रकाश ज्वाला

अहिलेको सरकारले भ्रष्टाचारि कसैलाई छोड्दैन, यो गठबन्धन ५ वर्ष टिक्छ : मन्त्री प्रकाश ज्वाला

1460
Shares
अहिलेको सरकारले भ्रष्टाचारि कसैलाई छोड्दैन, यो गठबन्धन ५ वर्ष टिक्छ : मन्त्री प्रकाश ज्वाला

काभ्रे : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अहिलेको गठबन्धन सरकार ५ वर्ष टिक्ने दाबि गरेका छन्।

आज काभ्रेको धुलिखेलमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले यो गठबन्धन सिमित योजना संग बाधिएको र यस गठबन्धनले भ्रस्टाचारीहरु कसैलाई नछोड्ने बताए।

मन्त्रालयको आयोजनामा सातै प्रदेश सरकार मन्त्री , र प्रदेश सरकारका प्रतिनिधि सहितको गोष्टिको लागि धुलिखेल आएका मन्त्री ज्वालाले समाजवादी पत्रकार संगठन काभ्रेले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारकरुलाई जानकारी दिदै यस सरकार ५ वर्ष टिक्ने र भ्रष्टाचारि विरुद्धको अभियानमा र सुशासन कायम गर्ने सवालमा यो गठबन्धन सरकार निर्मम पुर्वक कार्य गर्ने र कसैलाई पनि छुट नदिने बताएका हुन्।

भैतिक पूर्वाधार मन्त्रालयको आयोजनामा सातै प्रदेश सरकार सहितको प्रतिनिधित्वमा आयोजित गोष्टिले आगामि दिनमा सरकाले के कस्ता कार्य अघि बढाउने र के कस्ता असहज परिस्थितिलाई कसरि सम्बोधन गर्दै अघि बढाएर जनताको हितको पक्षमा कसरी कार्य गर्ने भने तर्फ केन्द्रित रहेको मन्त्री ज्वालाले भने

उनले निर्माणाधीन सुर्यविनायक धुलिखेल सडक खण्डको अवलोकन गरेको र यस सडक निर्माणमा पर्ने असुविधा र बजेट अभाबलाई सम्म रकमान्तर गरेर भए पनि सो सडक निर्माण सम्पन्न गर्न पहल गर्ने बताए।

https://www.facebook.com/sabaikosamacharonline/videos/1895217717530117

1460
Shares

ट्रेन्डिङ