सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेल–८ ले लम्पी स्कीन रोगको संक्रमणबाट गाईभैसी गुमाएका किसानलाई १५ हजार रुपैयाँ राहत दिने

धुलिखेल–८ ले लम्पी स्कीन रोगको संक्रमणबाट गाईभैसी गुमाएका किसानलाई १५ हजार रुपैयाँ राहत दिने

2860
Shares
धुलिखेल–८ ले लम्पी स्कीन रोगको संक्रमणबाट गाईभैसी गुमाएका किसानलाई १५ हजार रुपैयाँ राहत दिने

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ८ ले लम्पी स्कीन रोगको संक्रमणबाट मरेको लैनु गाईभैसी गुमाएका किसानलाई नगद १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

साउन १० गते बसेको निर्वाचित वडा समितिको बैठकले लम्पी स्कीनबाट गौईभैसी गुमाएका किसानलाई राहत दिने निर्णय गरिएको वडा अध्यक्ष विनोद गौतमले जानकारी दिनुभयो । बैठकले बकेर्नु र गर्भवती गाईभैसीको मृत्यु भए १० हजार नगद दिने निर्णय गरेको छ ।

त्यसैगरी कोरली बाच्छीको मृत्यु भए प्रति वटा ५ हजारका दरले नगद राहत प्रदान गर्ने निर्णय गरिएको वडा अध्यक्ष गौतमले बताउनुभयो । बैठकले पशुप्राविधिक नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

बैठकले लम्पी स्कीन संक्रमण रोकथामका लागि वडाकै बजेटबाट खरिद गर्ने निर्णय गरेको छ । वडा नम्बर ८ मा हालसम्म यो संक्रमणबाट १० वटा गाईको मृत्यु भएको छ ।

यो वडामा बार्षिक करिब १० लाख लिटर दुध उत्पादन हुँदै आएको छ । यो वडामा बार्षिक करिब १० लाख लिटर दुध उत्पादन हुँदै आएको छ । वडा कार्यालयले लम्पी स्कीनको संक्रमण देखिका साथ शुरुदेखि ५० प्रतिशतमा खोप लगाउने र निःशुल्क औषधी विरतणको काम गर्दै आइरहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा शुरुमा धुलिखेल नगरपालिका वडा नम्बर २ मा लम्पी स्कीन संक्रमण देखा परेको थियो ।

धुलिखेल वडा नम्बर ८ जिल्लाको १३५ वटा वडा मध्ये सबैभन्दा पहिले र धेरै नगद राहत उपलब्ध गराउने वडाभित्र परेको छ ।

2860
Shares

ट्रेन्डिङ