सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ७ वर्षीया बालिका गुफाभित्र मृत भेटिइन्

७ वर्षीया बालिका गुफाभित्र मृत भेटिइन्

950
Shares
७ वर्षीया बालिका गुफाभित्र मृत भेटिइन्

भोजपुर । घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी एक बालिका मृत फेला परेकी छन् ।

भोजपुरको आमचोक गाउँपालिका-६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृति शुक्रबार हराएकी थिइन् ।
प्रहरीको सहायतामा खोजतलास गर्दा घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा मृत फेला परेकी हुन ।

बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालिका हराएको सूचना पाएपछि प्रहरीले शुक्रबार राति ११ बजे सोही ठाउँका दिपचन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । उनकै बयानका आधारमा आज बिहान बालिकाको शव फेला प्रहरी प्रहरीले जनाएको छ ।

घटना शंकास्पद रहेको र थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

950
Shares

ट्रेन्डिङ