सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कांग्रेस सांसद सुनील शर्मा पक्राउ

कांग्रेस सांसद सुनील शर्मा पक्राउ

2625
Shares
कांग्रेस सांसद सुनील शर्मा पक्राउ

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् ।

प्रहरीले भने केही बताउन चाहेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिया दिका छन् । कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरेका छन् ।

शर्मालाई सिआइबीले पक्राउ गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन् । शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

यसैबीच गृह मन्त्रालय स्रोतले सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको बताएको छ । स्रोतका अनुसार शर्माविरुद्ध लोकमानसिंह कार्की अख्तियार प्रमुख भएकै बेलादेखिको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा थियो ।

सोही मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ । तर कांग्रेस नेताहरूले भने गृह र अर्थमन्त्रीको आलोचना गरेका कारण प्रतिशोधन साँध्ने हिसाबले शर्मालाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

2625
Shares

ट्रेन्डिङ