सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा अज्ञात समूहद्वारा मध्यराती हात खुट्टा बाँधेर बिष खुवाएपछि…

काभ्रेमा अज्ञात समूहद्वारा मध्यराती हात खुट्टा बाँधेर बिष खुवाएपछि…

12335
Shares
काभ्रेमा अज्ञात समूहद्वारा मध्यराती हात खुट्टा बाँधेर बिष खुवाएपछि…

काभ्रे । संकटकालमा झैँ लाग्ने सुन्दा नै डर लाग्ने बन्धक बनाएर विष सेवन गराएको घटना पहिलो पटक काभ्रेमा घटेको छ । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ मा गए राती १२ बजेको समयमा एक वृद्व मानिसलाई अज्ञात समूहद्वारा टिउले हात खुट्टा बाधी बिष खुवाइएको छ ।

५६ वर्षीय तुलप्रसाद ढकाललाई मध्ये राती सुतिरहेको ठाउँबाट केही अज्ञात समूहले हात खुट्टा बाँधेर विष खुवाएर भागेपछि हल्ली खल्ली हुँदा छिमेकीले हेर्दा बेहोस् आवस्थामा भेटिएको बताइएकाे छ ।

हात खुट्टामा टीउ बाधी विष सेवन गराइएको आवस्थामा भेटी परिवारलाई खबर गरेपछि राती नै उपचारको लागि धुलिखेल अस्पताल लगिएको तुलप्रसादका छोरा सुजन ढकालले बताए । उनले अपहरण शैलीमा केही आपराधिक अज्ञात समूहले यो घटना घटाएको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटनामा घाइते ढकालको थप उपचारको लागि काठमाडाैं लागिएको परिवारले जनाएको छ ।
-सौर्य अनलाइन बाट

12335
Shares

ट्रेन्डिङ