सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेल ११ पात्लेखेतमा रास्वपाको वडा भेला सम्पन्न, नेतृत्व गर्दै तीन युवा

धुलिखेल ११ पात्लेखेतमा रास्वपाको वडा भेला सम्पन्न, नेतृत्व गर्दै तीन युवा

4995
Shares
धुलिखेल ११ पात्लेखेतमा रास्वपाको वडा भेला सम्पन्न, नेतृत्व गर्दै तीन युवा

काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला सम्पन्न भएको छ । सोमबार वडा भेलाबाट रास्वपाले आफ्नो कार्य समिती तयार गरेको हो । ११ सदस्यीय वडा तदर्थ समिती गठन गरेर भेला समापन भएको हो ।

नयाँ बनेको वडा तदर्थ समितिमा तीन युवाले नेतृत्व गर्ने भएका छन । नव गठित समितीको सभापतीमा प्रकाश पाण्डे,उपसभापतीमा सुवास गोतामे, सचिवमा हरि प्रसाद धिताल,सदस्यहरुमा जमुना थापा, भिमसेन रेग्मी ,जीवन दुलाल,केदार प्रसाद तिमल्सिना,केदार भुजेल,कृष्ण प्रसाद सापकोटा,धन बहादुर लामा लगायतको समिती बनेको हो ।

कार्यक्रमको प्रमुख वक्ताको रुपमा रास्वपाका नेता रमेश खरेल ले भेलालाई सम्बोधन गर्दै भ्रष्टाचारिहरुलाई कारबाही गर्ने हो भन्ने अहिले सन्चालित जेलहरुले नपुग्ने दाबी गरेका छन ।

सरकारले हाल खुलेका भ्रष्टाचारको फाइल र सुन प्रकरणमा भएको कारबाहीको प्रक्रिया लाई इङ्कित गर्दै दाबी गरेका थिए । उनले थप सम्बोधनको क्रममा पाटीले मिसन २०८४ को अभियान सन्चालन गरेको र सो अन्तगत रास्वपाको सरकार बनाउन वडा तह देखि केन्द्र सरकार सम्म बन्ने गरि लाग्न नव गठित वडा तदर्थ समिती लाई समेत निर्देशन दिएका थिए।

कार्यक्रमलाई सफल बनाउन रास्वपाका केन्द्रिय बिदेश विभागका सदस्य एम श्रेष्ठ , रास्वपा केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भन्डारी बागमती प्रदेश सदस्य एवम जिल्ला इन्जाच प्रबिन ढकाल ,प्रदेश सदस्य एबम जिल्ला सह संयोजक पुन्य माता घिमिरे ,प्रदेश सदस्य बसु नारायण श्रेष्ठ , क्षेत्रीय सदस्य रु प्रकाश तिमल्सिना, जि एन सापकोटा ,अप्सरा खत्री र रास्वपा नेता सुवाश ढकाल तथा धुलिखेल का विभिन्न वडाका वडा सभापतीहरु सहित स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

4995
Shares

ट्रेन्डिङ