सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा बिहेबाट फर्कदा लडेर १ जनाको मृत्यु

काभ्रेमा बिहेबाट फर्कदा लडेर १ जनाको मृत्यु

1155
Shares
काभ्रेमा बिहेबाट फर्कदा लडेर १ जनाको मृत्यु

काभ्रे । काभ्रेको कर्णालीको रुपमा चिनिने महाभारत गाउपालिकामा बिहेबाट फर्कदा एक जनाको लडेर मृत्यु भएको छ । जिल्लाको महाभारत गाउपालिका वडा नम्बर ३ अग्रेटा बस्ने बर्ष २८ को क्षितिज मोक्तानको मृत्यु भएको हो ।

महाभारत गाउपालिका कै वडा ४ ठाडे स्थित आफन्तको घरमा बिवाहको लागि आएका मोक्तान राति घर फर्कने क्रममा ठाडे स्थित गोरेटोबाटोबाट १०० मिटर तल खसि मृत अवस्थामा फेला परेका हुन ।

आज शुक्रबार स्थानियहरुले घाँस काट्न जाने क्रममा देखि प्रहरीलाई खबर गरेपछी कुलोमा घोप्टो अवस्थामा रहेको अवस्थामा मोक्तान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

1155
Shares

ट्रेन्डिङ