सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बनेपा महोत्सव २०८० सम्पन्न

बनेपा महोत्सव २०८० सम्पन्न

2380
Shares
बनेपा महोत्सव २०८० सम्पन्न

काभ्रे / बनेपा महोत्सव २०८० को चौंथो संस्करण भव्यरुपमा सम्पन्न भएको छ । बनेपा ब्वाईज क्लब (बीबीसी) को आयोजनामा बनेपाको उग्रेश्वर मन्दिरको प्राङ्गणमा जारी महोत्सव शनिवार सकिएको हो ।

बनेपा ब्वाईज क्लबका अध्यक्ष महेश कुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यता र बनेपा नगरपालीकाका प्रमुख शान्ति रत्न शाक्यको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले महोत्सव आयोजनाबाट पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादित बस्तुको बजारीकरण, कला-संस्कृतिको सम्वद्धर्न र खेल क्षेत्रको उत्थानमा समेत कार्य गरेको प्रति आभार ब्यक्त गर्नु भएको थियो ।

यस्ता मेला महोत्सवले जिल्लाको आर्थिक गतिविधि सगै पर्यटनको विकासमा महत्वपुर्ण भुमिका खेल्ने विशिष्ट अतिथी शाक्ले बताउनु भयो । क्लबका अध्यक्ष कर्माचार्यले महोत्सब सफल पार्ने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न विद्यामा रहेर सहयोग पुर्याउने सबैलाई प्रमाणपत्र र मायाको चिनोमार्फत सम्मान पनि गरिएको थियो ।

2380
Shares

ट्रेन्डिङ