सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • खानिखोला ४ जगथलीको कुमारी मा.वि मा विब्यस चयनमा विवाद, वडा अध्यक्ष नै विद्यार्थी

खानिखोला ४ जगथलीको कुमारी मा.वि मा विब्यस चयनमा विवाद, वडा अध्यक्ष नै विद्यार्थी

19465
Shares
खानिखोला ४ जगथलीको कुमारी मा.वि मा विब्यस चयनमा विवाद, वडा अध्यक्ष नै विद्यार्थी

काभ्रे । काभ्रेको विकट मानिने खानीखोला गाउँपालिका वडा न ४ को जगथलीमा रहेको श्री कुमारी मा.वि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रिया विवादमा तानिएको छ ।

बजेटनै कुनै निर्णय नगरी खर्च गरिएको र विब्यस चयन प्रक्रियामा फर्जी अभिभावकको सुची सार्बजनिक गरिएको भन्दै एक स्थानीय अभिभावकले उजुरी गरेका छन्। भने विद्यालयले सार्वजनिक गरेको अभिभावकको सुचीमा विद्यार्थीकै सुचीमा सोहि वडाका वडा अध्यक्ष निशान मोक्तानको नाम समेत सार्वजनिक गरेको छ । उजुरीकर्ता अभिभावकले खानीखोला गाउपालिकाको शिक्षा शाखा , न्यायिक समिती खानिखोला गाउपालिका सहित शिक्षा समन्वय इकाईलाई बोधार्थ दिएर निवेदन बुझाएका छन्।

जिल्ला शिक्षा समन्वय इकाई काभ्रेलाई बोधार्थ समेत दिईएको उक्त निवेदनमा श्री कुमारी मा वि को विद्यालय ब्यबस्थापन समिति गठन गर्ने प्रयोजनको निमित शिक्षा ऎन को नवौ संशोधन २०७४ तथा शिक्षा नियमावली २०५९ को संशोधन भएको २३ र २४ को व्यवस्था बमोजिम हुनुपर्नेमा नभएको र हाल कार्यरत प्र अ लाल ब घिसिङ्गले अभिभावकको नामावली भनि फर्जी नामावली निर्माण गरेको देखिएको र विद्यालयको आ व ०७८/७९ भन्दा अघिको मौज्दात बजेट विना निर्णय कुनै निर्माण नगरी अहिले नदेखिएकाले छानविनका साथै प्र अ नियुक्तिकै विधि नपुर्याई गरिएकाले प्र अ नियुक्तिलाई नियम संगत तरिकाले गरी नियम कानुन बमोजिम सस्था संचालन गर्न गराउनु हुन् यो निवेदन पेश गरेको भन्दै अभिभावक रुपेश लोप्चनले आज निवेदन पेश गरेका हुन् ।

निवेदक लोप्चनले भनेझैँ सार्वजनिक गरिएको नामावलीमा समेत सोहि वडा का वडा अध्यक्ष समेत रहेका व्यक्तिलाई नै विद्यार्थीको सुचीमा राखिएको छ। विद्यालयको विब्यसको गठन प्रक्रियामा खेल खेल्न मोक्तानले आफुलाई विद्यार्थीको रुपमा प्रस्तुत गरेको आकलन स्थानीयहरु गर्दै आईरहेका छन्। सुची भने विद्यालयले आईतबार २४ गते सार्वजिनक गरेको हो ।

निवेदकले निवेदन हिजो मात्र दर्ता गरेका हुन्। उक्त सुचिको १६ नम्बरमा रहेका व्यक्ति वडा अध्यक्ष समेत रहेका निशान मोक्तानको नाम समेत विधार्थीको सुचीमै राखिएको छ। मोक्तानको नाम सुचीमा राखिनु र उनले नै फर्जी अभिभावक बनाउन लागेको दावी गरेका छन् । निवेदक लोप्चनका अनुसार आफ्नो छोरी कक्षा तिनमा सोहि विद्यालयमा अध्यनरत रहदा रहदै पनि आफ्नो नाम नै सुचीमा नराखिएको गुनासो समेत गरेका छन्। उनले भने विद्यालयमा लेखापरिक्षण समेत नभएको गुनासो छ। सो बमोजिम नया निर्मित भवनको खर्च विवरण समेत सार्वजनिक नगरी पेलेर नै अघि जाने हेतु देखीए पछी आफु उजुरी गर्न बाध्य भएको उनको भनाई छ।

यता वडा अध्यक्ष निशान मोक्तान भने सर्वदलिय बैठक बाट नै निर्णय गरेर विद्यालय प्रशासनले निर्वाचनको कार्य अगाडी लगेको बताउछन । सर्वदलिय बैठकमा म आफै उपस्थित छु। निवेदन कर्ताहरु निर्वाचनमा नजाने भन्दै बाहिरिनु भएको थियो । त्यसपछी उजुरी गर्नु भएको रहेछ। उहाले भने झैँ फर्जी म निर्वाचित भएर आएसी केहि भएको छैन र मेरो नाम देखेर नै फर्जी देखाईएको भन्ने लागेको होला ? म निर्वाचित भएपछी पालिकाकै नमुना विद्यालय बनाउनु पर्छ भनेर हामि लागेका थियौ । विद्यालयमा कक्षा १२ सम्म चल्ने गरी अनुमति ल्याएर अहिले सुरु गर्दा आफैले पनि पद्नु पर्यो भनेर मैले नि सुरु गर्या छु। मैले कक्षा ११ को परिक्षा दिएको हु। कुनै पनि फर्जी काम भएको छैन । खास विद्यालय प्रशासनले गुनासो नसुन्दा मात्र जानु पर्ने निकाय संग जानु भन्दा पहिले आज नोमिनेशन थियो भोलि सम्म दावी विरोधको समय हुदा हुदै उजुरीमा जानु पर्ने कुनै आवस्यनै थिएन भन्दै वडा अध्यक्षले खुलेर बताए। गुनासो कर्ताले भने झैँ आफु र आफ्नै छोरी र सालोले समेत सोहि विधालयमै अध्यनरत रहेको मोक्तानले स्वीकार गरेका छन्।

मोक्तान गत स्थानीय निर्वाचन बाट वडा अध्यक्षका रुपमा खानीखोला गाउपलिका वडा न ४ बाट निर्वाचित भएका हुन्। यता विद्यालयले भने हिजो नोमिनेशन आज सम्म दावी विरोध र ३ गते निर्वाचन गर्ने गरी कार्य थालेको छ ।

19465
Shares

ट्रेन्डिङ