सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आगोले पोलेर ३ वर्षको एक बालकको मृत्यु

आगोले पोलेर ३ वर्षको एक बालकको मृत्यु

3690
Shares
आगोले पोलेर ३ वर्षको एक बालकको मृत्यु

काठमाण्डाै :- सिन्धुलीको मरिण गाउँपालिका–३ वरुणमा आगोले पोलेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय दूधराज मुक्तानका छोरा अन्दाजी ३ वर्षका मनिष मुक्तानको घरकै अगेनाको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए ।

उनका अनुसार अपांगता भएका बालकलाई भान्साकोठामा झोलुंगोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका थिए । त्यतिबेला बालक झोलुंगोबाट झरेर ३ फिट पर रहेको अगेनासम्म पुगेका थिए ।

बालकको टाउको र शरीरको पछाडिको भाग जलेको थियो । उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।

3690
Shares

ट्रेन्डिङ