सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आज नेप्से २ कम्पनीमा सकारात्मक सर्किट

आज नेप्से २ कम्पनीमा सकारात्मक सर्किट

715
Shares
आज नेप्से २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौ, १ असोज   सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । यस दिन सूचक ४.२६ अंकले बढेर १९६९.१८ अंकमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम औसतमा कम हो ।

यसअघि आइतबार बजारमा करिब ४२ अंकको गिरावट आएको थियो । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरका कारण बजार घटेको अनुमान गरिएको छ । यद्यपि, असोजका लागि ८ वटा बैंकले मात्र ब्याजदर बढाएका हुन् । अरु ८ वटैले ब्याजदर घटाउँदा बाँकी बैंकले ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् ।

तर बजारमा भने ब्याजदर बढेको हिसाबले मात्र लगानीकर्ताले बुझे । यसैकारण समग्र बजार नकारात्मक बनेको अनुमान गरिएको छ । आइतबार बेस्सरी घटेको बजारले सोमबार भने विस्तारै सम्हालिने तरखरमा लागेको देखिएको छ ।

यस दिन २७१ कम्पनीको २८ लाख ७४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । ९ करोड ३८ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र साल्ट ट्रेडिङ कम्पनी परेका छन् ।

715
Shares

ट्रेन्डिङ