सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जलाउन लागेको युवतीको शव प्रहरीको नियन्त्रणमा

जलाउन लागेको युवतीको शव प्रहरीको नियन्त्रणमा

9215
Shares
जलाउन लागेको युवतीको शव प्रहरीको नियन्त्रणमा

सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले नियन्त्रण लिएको छ । २१ वर्षीया मनीषा साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जलाउन लागेको शव शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमा लागि पठाइएको छ ।

प्रहरीले मृतक मनीषाका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई नियन्त्रणमा लिएको छ । एसपी सुवेदीका अनुसार मृतकको गलामा निलडाम देखिएपछि शंका लागेर शव नियन्त्रणमा लिइएको हो ।

‘मनीषाको बुधवार बेलुका मृत्यु भएको जानकारीमा आएको छ । प्रहरीलाई ढिलै सूचना आयो । हामीले जलाउन लाग्दै गर्दा हामीले बुधवारै नियन्त्रणमा लिएका हौं,’ एसपी सुवेदीले भने ।

9215
Shares

ट्रेन्डिङ