सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बनेपाको प्राविधिक विधालयमा ताला बन्दी, विधार्थी आन्दोलित, विधालयमा तोडफोड

बनेपाको प्राविधिक विधालयमा ताला बन्दी, विधार्थी आन्दोलित, विधालयमा तोडफोड

1405
Shares
बनेपाको प्राविधिक विधालयमा ताला बन्दी, विधार्थी आन्दोलित, विधालयमा तोडफोड

काभ्रे । काभ्रेको बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु आन्दोलित बनेका छन्। विद्यार्थीहरुले राखेका मागको सम्बोधन नगरेको र विद्यार्थीको मागलाई बेवास्था गर्ने शिक्षकको राजीनामा माग गर्दै विद्यार्थी आन्दोलित बनेका हुन्।आन्दोलित विद्यार्थीहरुले प्राविधिक शिक्षालयको मुख्य गेटमा तालाबन्दी गर्दै मुख्य गेटको शिशा समेत तोडफोड़ गरेका छन्। शिक्षालयको मुख्य भवनको प्रवेश द्वारको शिशा आन्दोलनरत विद्यार्थीले फ़ुटाईदिएका छन्।

आन्दोलनरत विद्यार्थीहरुले बार्ता बाट सहमति गरिसकेको विधार्थीको मागलाई निरन्तर बेवास्था गरेको र निरन्तर शैक्षिक गतिविधि समेत संचालन गर्न असहज भएको र सहमति कार्यन्वयन गर्न समेत लेखा शाखा प्रमुख र सहायक शिक्षालय प्रमुखले बेवास्था गरेको भन्दै दुई शिक्षकको राजिनामा नै माग्दै आन्दोलित भएको आन्दोलनमा संलग्न विद्यार्थी सुवास भट्टराईले बताए।

यता विद्यार्थीको मागमा आफुले हस्ताक्षर गरिसकेको र विधारथीको जायज मागको सदैब आफु पक्षधर रहेको र अधिल्लो वार्तामा भएका निर्णय कार्यन्वयन गर्न आफुले हस्ताक्षर् गरिसकेको जानकारी शिक्षालयका प्रमुख समेत रहेका इश्वर चन्द्र घिमिरेले जानकारी दिए।

आन्दोलनरत विधार्थीहरुलाई नियन्त्रण गर्नका निमित इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख सहितको टोलिले अहिले विधालयमा थप वार्ता तत्काल नै बस्न लागेको समेत शिक्षालय प्रमुख घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार विधार्थी संग भएको सहमतिमा आफुले हस्ताक्षर गरिसकेको र केहि शिक्षक हरुले सहमति नगरेकाले विधार्थी आन्दोलित भएको स्वकिकार गर्दै विधार्थीको सबै माग संम्बोधन गर्न तयार रहेको जानकारी दिएका छन्। उनले विधार्थीको माग पुरा गर्न लाग्ने समय सम्म विधार्थीहरुले पनि धर्य धारणा गर्नु पर्ने समेत बताएका छन् ।

यता आन्दोलनरत विद्यार्थीहरु भने आफुहरुको माग कार्यन्वयन नभएसम्म आन्दोलनरत नै रहने भन्दै आफुहरुले सिडियो साप संङ्ग मात्र वार्ता गर्ने बताउदै आन्दोलन जारी राखेका छन्। यधपी विधालयमा आन्दोलनरत विधार्थी , प्रशासन सहितको वार्ता भने बसिरहेको छ।

1405
Shares

ट्रेन्डिङ