सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’

काभ्रेको दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’

2080
Shares
काभ्रेको दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’

काभ्रे : पर्यटकीय क्षेत्र दोलालघाट आउने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको छ ।

पर्यटक आकर्षित गर्न भुम्लु गाउँपालिकाले वडा नं ८ स्थित बसपार्क क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ बनाएको हो । रंगीचंगी छाताहरु राखेर बनाइएको स्थानमा पर्यटक लोभिने र सो स्थानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा रहेको गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले जानकारी दिए ।

पिकनिक, घुमघामको लागि दोलालघाट क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । सो क्षेत्रमा थप पर्यटक भित्राउन गाउँपालिकाले गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए ।

2080
Shares

ट्रेन्डिङ