सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • साहित्यकार एवम् मार्क्सवादी चिन्तक ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु

साहित्यकार एवम् मार्क्सवादी चिन्तक ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु

655
Shares
साहित्यकार एवम् मार्क्सवादी चिन्तक ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु

काठमाडौं । समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो ।पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो ।

हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए । प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए ।

उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए भने उनले ‘आलोचना’, ‘कलम’ जस्ता साहित्यिक पत्रिकासमेत सम्पादन गरेका थिए ।

655
Shares

ट्रेन्डिङ