सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भारती पत्रकार सम्मेलनमै बेहोस भइन्

भारती पत्रकार सम्मेलनमै बेहोस भइन्

1025
Shares
भारती पत्रकार सम्मेलनमै बेहोस भइन्

काठमाडौं । आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलन स्थलमै बेहोस भएकी छन् ।

पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको उनका एक सहयोगीले जानकारी दिए ।गत शुक्रबारदेखि अनसन थालेकी भारती सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

शेर्पाले आफ्ना पति चिरन मानन्धरको हत्यामा संलग्न बाँकेका रिगल ढकालको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता गरेकी छन् ।

1025
Shares

ट्रेन्डिङ