सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कृषि विकासले सुरु गर्‍यो मोबाईल बैंकिङ सेवा

कृषि विकासले सुरु गर्‍यो मोबाईल बैंकिङ सेवा

4675
Shares
कृषि विकासले सुरु गर्‍यो मोबाईल बैंकिङ सेवा

कृषि विकास बैंकले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ। बैंक र एफ वान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवा दिने सम्वन्धमा सम्झौता भएसँगै सेवा सुरु भएको बैंकले जनाएको छ। सम्झौतामा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ र एफवानसफ्टका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकको आवश्यकताअनुसार एफवान सफ्टले तयार गरेको उक्त सफ्टवेयर अत्यन्त सुरक्षित, भरपर्दाे तथा हालसम्म नेपालका अन्य बैंकहरुमा प्रयोग नभएको सुरक्षा प्रणाली रहेको कम्पनीको दावी छ।
मोबाइल बैंकिङ सेवा लिन ग्राहकले अनलाईनमा नै आवेदन फारम भर्न सक्ने छन्। यस मार्फत हुने वित्तिय कारोबारलाई थप सुरक्षित गर्न ओटिपिको व्यवस्था समेत रहेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैंकमा प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको पनि उपस्थित थिए ।
ग्राहकले सेवा लिन स्माट बैंकिङ् मार्फत वा अनलाईनमा नै आवेदन फारम भर्न सक्ने, बैंक कर्मचारिको संलग्नतालाई लगभग शुन्य पारिएको तथा ५ तहको सुरक्षा प्रणाली अवलम्बन गरिएको बैंकले जनाएको छ ।
हरेक कारोबारको सूचना प्राप्त हुने, रकम ट्रान्सफर गर्न सकिने, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न सकिने, चेक तथा डेविट कार्ड आदि रोक्का गर्ने सकिने, कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धि जानकारी लिन सकिने लगायतका अन्य सुविधाहरु उपलब्ध भएको बैंकले जनाएको छ । सेवा लिने ग्राहकलाई वार्षिक शुल्क नलाग्ने समेत बैंकले जनाएको छ।

4675
Shares

ट्रेन्डिङ