सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सिरियामा हवाई हमला, इरानका सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु

सिरियामा हवाई हमला, इरानका सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु

275
Shares
सिरियामा हवाई हमला, इरानका सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु

काठमाडौं । सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ ।

सोमबार भएको यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इरान र इजरायलबीच यस प्रकारको हत्याको इतिहास भए पनि इजरायलबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

सीरियाको रक्षा मन्त्रालयले आक्रमण इजरायलले गरेको जिकीर गरेको छ । इजरायली एयरक्राफ्टले गोलान हाइट्सबाट इरानको वाणिज्य दूतावासमा आक्रमण गरेको जनाएको छ । 

आक्रमण स्थानीय समय अनुसार सोमबार साँझ करिब ५ बजेतिर भएको थियो । आक्रमण यति भयानक थियो कि ठूलो भवन पनि ध्वस्त भएको छ । इरान र सिरिया दुवै सरकारले आक्रमणको निन्दा गरेका छन् ।

275
Shares

ट्रेन्डिङ