सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  •  दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्दै

 दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्दै

655
Shares
 दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्दै

काठमाडौं । अप्रिल ८ तारिख अमेरिकामा दिउँसै अँध्यारो हुनेगरी खग्रास सूर्यग्रहण लाग्दै छ ।

वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुर काठमाडौंका वेधशाला व्यवस्थापक एवम् सूचना अधिकारी सरोजराज शाहीले   नेपालबाट भने सूर्यग्रहण नदेखिने बताएका छन् ।

यस वर्षको सुरुवातमा गत वैशाख ७ र असोज २७ गते लागेको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन ।

सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा सूर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयका लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।

655
Shares

ट्रेन्डिङ