सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ताइवानमा गयो शक्तिशाली भूकम्प

ताइवानमा गयो शक्तिशाली भूकम्प

290
Shares
ताइवानमा गयो शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । 

ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय युएसजीएसले जनाएको छ । भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका  छन् ।

भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।

सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प जाँदा २४ जनाको ज्यान गएको थियो ।

290
Shares

ट्रेन्डिङ