सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बिरामी बाेकेकाे गाडी दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे, १ जना घाइते

बिरामी बाेकेकाे गाडी दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे, १ जना घाइते

1225
Shares
बिरामी बाेकेकाे गाडी दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे, १ जना घाइते

जुम्ला | जुम्लामा बिरामी बाेकेकाे अटाे दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । हिमा गाउँपालिकाको नाग्म बजारबाट देवरगाउँ जाँदै गरेकाे अटाे बड्की गाउँमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा ४५ वर्षका पदमबहादुर शाही र ४२ वर्षका वली रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा घाइते भएका नन्द रोकायाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

1225
Shares

ट्रेन्डिङ