सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नागरिकता, सेवा प्रवाह र शान्ति सुरक्षाबारे जिल्ला प्रशासन कार्यालय काभ्रेले थाल्यो स्थानीय तहमा छलफल 

नागरिकता, सेवा प्रवाह र शान्ति सुरक्षाबारे जिल्ला प्रशासन कार्यालय काभ्रेले थाल्यो स्थानीय तहमा छलफल 

870
Shares
नागरिकता, सेवा प्रवाह र शान्ति सुरक्षाबारे जिल्ला प्रशासन कार्यालय काभ्रेले थाल्यो स्थानीय तहमा छलफल 

बनेपा \ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  नागरिकता, सेवा प्रवाह र शान्ति सुरक्षाका बारेमा जिल्लाका स्थानीय तहमा छलफल थालेको छ । मंगलबार पनौती नगरपलिकामा  राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, कर्मचारी र सरोकारवालाको सहभागितामा पनौती नगरपालिकाको शान्ती सुरक्षाबारेमा र  जिल्ला प्रशासनका कार्यालयले गर्ने सेवा प्रवाहबारेमा छलफल चलाएको हो ।

 छलफलमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले  स्थानीय तहबाट गरिने सिफारिसमा एकरुपता कायम गर्ने,स्थानीय तह र प्रशासन कार्यालयविचको सहकार्य र समन्वय प्रभावकारी, नागरिकता प्रदान गर्ने सम्बन्धमा भएका दुविधालाई हटाउने र शान्ति सुरक्षा कामय गरी अपराध न्यूनिकरणमा सहयोग पुर्याउने उद्धेश्यले छलफल गरिएको बताइन् ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले कानून बनाउने अधिकार स्थानीय तहमा भएपनि त्यसको कार्यान्वयन प्रशासनले गर्ने भन्दै उनले दुइ संस्थाको सहकार्यले सेवा प्रभावकारी हुने बताए । सिमित श्रोत र साधन हुने स्थानीय तहले ‘जे गर्न पनि सक्ने’ भन्ने मानसिकता बनेको भन्दै सामाजिक सञ्जालमा हुने टिकाटिप्पणीले सेवा प्रभावित बनेको अनुभव सुनाए ।

छलफलमा सहभागी वडाअध्यक्षहरुले नागरिकता सिफारिस गर्दाका व्यवहारिक अप्ठ्याराका बारेमा प्रश्न गरेका थिए ।

870
Shares

ट्रेन्डिङ