सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • इजरायलमा २ जना नेपाली विद्यार्थीको शव पहिचान

इजरायलमा २ जना नेपाली विद्यार्थीको शव पहिचान

830
Shares
इजरायलमा २ जना नेपाली विद्यार्थीको शव पहिचान

काठमाडौं । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ ।

दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।

दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’

830
Shares

ट्रेन्डिङ