सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • उपत्यकामा सुरक्षा व्यवस्था कडा

उपत्यकामा सुरक्षा व्यवस्था कडा

745
Shares
उपत्यकामा सुरक्षा व्यवस्था कडा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संघ  नेतृत्वको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

उपत्यका  निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । दुवैको कार्यक्रमस्थलमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन् । मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु तैनाथ छन् ।

तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर ननिस्कन प्रहरीले सूचना जारी गरेपछि काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप कम देखिएको छ ।

745
Shares

ट्रेन्डिङ