सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१

 काठमाडौंमा कला महोत्सव  

885
Shares
 काठमाडौंमा कला महोत्सव  

काठमाडौं । काठमाडौंमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु हुँदैछ ।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको कला महोत्सव मंसिर २० गतेसम्म चल्नेछ । 

झण्डै १३ लाखदेखि १४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्याेदय र सूर्यास्तको दृष्यावलोकन गराई कला सृजना गराइने उनले बताए ।

यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभिन्न क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ ।

885
Shares

ट्रेन्डिङ