सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आफूले भनेको काम नगरिदिएको रिस मेटाउन वडाध्यक्षको घरमा आगो 

आफूले भनेको काम नगरिदिएको रिस मेटाउन वडाध्यक्षको घरमा आगो 

960
Shares
आफूले भनेको काम नगरिदिएको रिस मेटाउन वडाध्यक्षको घरमा आगो 

धनकुटा । एक युवाले धनकुटाको  पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेका छन् ।

आफूले भनेको काम नगरिदिएपछि रिस फेर्न युवाले वडाध्यक्षको घरमा आगो लगाएको प्रहरीले जनाएको छ । सोमबार बिहान १२ः४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएपछि लगत्तै गाउँलेको सहयोगमा आगो निभाइएको थियो ।

धनकुटा प्रहरीले  सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो। आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको अधिकारीले बताएका छन् । अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने  प्रहरीले जनाएको छ ।

घरमा वडाध्यक्ष दम्पती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

960
Shares

ट्रेन्डिङ