सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • आलु-प्याजको बिक्रीमा हड्ताल  

आलु-प्याजको बिक्रीमा हड्ताल  

1240
Shares
आलु-प्याजको बिक्रीमा हड्ताल  

काठमाडौं । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् । 

यससँगै बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको छ ।

भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए । भ्याटमा नगएको भन्दै व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने जस्ता कार्य आन्तरिक राजस्व कार्यालयबाट भएको उनको आरोप छ ।

बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीहरुको आरोप छ ।

1240
Shares

ट्रेन्डिङ