सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

काभ्रेको साँगामा आगलागी

1370
Shares
काभ्रेको साँगामा आगलागी

काभ्रे । बिहिबार पुरानो साँगामा आगोलागी भएको छ ।

विहिबार बनेपा नगरपालिका वडा नम्बर १३ पुरानो साँगाको बद्रिनाथ जोशीको घरमा आगलागी भएको हो ।

बिहान १०ः४५ को समयमा ईँटा र जस्ताले छाएको ३ तले घरमा किचनको ग्यास लिग भएर आगलागी भएको प्रहरीको भनाई छ । आगलागी भएको खबर पाउनासाथ तत्काल प्रहरी चौकीबाट प्रकाश थापाको कमाण्डमा खटिएको ७ जना टोली , जिल्ला प्रशासन कार्यालय काभ्रेबाट प्रहरी उपरिक्षकको कमाण्डमा ७ जना र इलाका प्रहरी कर्यालय बनेपाबाट खटिएको टिलीको सयूंक्त प्रयासमा आगो नियन्त्रणको काम भएरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र भक्तपुर नगरपालिकाको दमगल समेत पुगी आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

1370
Shares

ट्रेन्डिङ