सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • भिरबाट खसेको ढुङ्गा लागेर १ महिलाको मृत्यु

भिरबाट खसेको ढुङ्गा लागेर १ महिलाको मृत्यु

670
Shares
भिरबाट खसेको ढुङ्गा लागेर १ महिलाको मृत्यु

बाजुरा | बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।

घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएक िथिइन् । विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।

670
Shares

ट्रेन्डिङ