सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आगलागीमा परि बालककाे ज्यान गयो

आगलागीमा परि बालककाे ज्यान गयो

630
Shares
आगलागीमा परि बालककाे ज्यान गयो

सोलुखुम्ब | सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ फुङ्बुचेको एक गोठमा आगलागी हुँदा ४ वर्षीय बालकको जलेर ज्यान गएको छ । ज्यान जानेमा सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केका सोमम शेर्पाका छोरा अन्दाजी वर्ष ४ का पासाङ शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार गत बिहीवार सोलुदुधकुण्ड नगरपालिका–२ फुङबुचेका दाछिरी शेर्पाको नाकगोठमा आगलागी हुँदा दाछिरीको भान्जा पर्ने पासाङको गोठमा जलेर ज्यान गएको हो ।

बिहीवार साँझ गोठमा आगो बालेर बालककी आमा मपुङ घरतर्फ गएको र मामा दाछिरी चौरी लिन जङ्गल गएको अवस्थामा आगलागी भएको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।

आगोले जलेर चिन्न नसक्ने अवस्थामा फेला परेको बालकको शव पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

630
Shares

ट्रेन्डिङ