सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अवैधरुपमा काठ बोकेको ट्याक्टरसहित दुई पक्राउ

अवैधरुपमा काठ बोकेको ट्याक्टरसहित दुई पक्राउ

725
Shares
अवैधरुपमा काठ बोकेको ट्याक्टरसहित दुई पक्राउ

बिर्तामोड । अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्याक्टरको डालामा माटोले पुरेर काठ ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अर्जुनधारा–३ का ४० वर्षीय कृष्ण श्रेष्ठ र ३८ वर्षीय रोहित घतानी रहेका छन् ।

चुरे क्षेत्रको जंगलबाट मे १ त ८०५ नम्बरको ट्याक्टरको डालामा माथिबाट माटोले पुरेर चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान र ८ फिटको २० थान गरी ५२ थान काठ लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

725
Shares

ट्रेन्डिङ