सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा ‘हेमक’ को साथले ओली समूहलाई के फाइदा ?

काभ्रेमा ‘हेमक’ को साथले ओली समूहलाई के फाइदा ?

11380
Shares
काभ्रेमा ‘हेमक’ को साथले ओली समूहलाई के फाइदा ?

काभ्रे : तत्कालिन माओवादीले युद्ध सुरु गर्दा देखि २०७० ताकासम्म चर्चित एउटा ब्यक्ति लगभग आधा दशक गुमनाम जस्तै रहे । २०५२ साल फागुन १ गते माओवादीले यु’द्ध घोषणा गर्दा काभ्रेबाट सहभागि हुने मध्ये एक उनै ब्यक्ति थिए चुडामणि गौतम ‘हेमक’ ।

‘हेमक’ सहकालिन राजनीतिमा होमिएका अन्य पार्टीका नेता देखि पूर्व माओवादीभित्रका तल्लो कमिटीमा समेत धेरै सुनिने नाम । तर बिचमा वास्ता गर्न छोडिएका ब्यक्ति ।

को हुन ‘हेमक’ ?
काभ्रे कोशीपारीको धुसेनी शिवालयमा जन्मिएका ‘हेमक’ लाई नजिकबाट चिन्नेहरु निष्ठावान नेताको रुपमा हेर्छन । लोभमा कहिल्यै नफस्ने नेताका रुपमा चित्रण गर्ने ‘हेमक’ का शुभचिन्तकहरु अहिले पनि उत्तिकै छन् । तर शुभचिन्तकहरु कहिल्यै ‘हेमक’ जस्तो निष्ठावान भने बन्न सकेनन् ।

यु’द्धका बेला राजनीति र फौजी दुबै मोर्चा ‘हेमक’ ले सम्हानुभएको थियो । यु’द्धका’लमा तत्कालिन माओवादीको क्षेत्रिय ब्यूरो सदस्य, त्यसपछि निर्वाचन क्षेत्र नम्बर ४ को ईन्चार्ज र वाइसीएलको काभ्रे जिल्ला इन्चार्जको समेत भुमिका निर्वाह गर्नुभयो ।

२०७० सालमा माओवादी पार्टी विभाजन हुदाँ उहाँ मोहन वैद्य समूहमा लाग्नुभयो । ‘हेमक’ बैद्यले नेतृत्व गरेको पार्टीमा केन्द्रिय सदस्य हुनुहुन्थ्यो । पछि मोहन वैद्यको पार्टी फुटाएर वि’प्लव अर्को बाटो लागे । ‘हेमक’ ले वि’प्लव समूहको केन्द्रिय सदस्य सहित काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभयो । वि’प्लव समूहमा सक्रिय भने खासै हुनु भएन् ।

राजनीति र फौजी दुबै मोर्चा कुशलता पूर्वक निर्वाह गर्नुभएका ‘हेमक’ यु’द्धका बेला पनि शालिन नेताको रुपमा चिनिनु हुन्थ्यो । तर पार्टी फुटको असर र दोस्रो संविधान सभा निर्वाचनमा भएको भोटको मोलमोलाइबाट आजित बन्नुभएका ‘हेमक’ लाई पारिवारिक समस्याले पनि थप च्याप्यो । त्यसपछि उहाँ राजनीतिबाट लगभग निष्कृय हुनुभएको थियो ।

ओली समूहलाई के फाइदा ?
पार्टीमा लामो समय योगदान गर्नुभएका ‘हेमक’ लाई पूर्व माओवादी खेमाले असाध्यै आदर्श नेताको रुपमा लिने गरेको छ । भलै ‘हेमक’ का चेलाहरु ‘हेमक’ जस्तो बन्न सकेनन् । नेतृत्व र जिम्मेवारीका हिसाबले ‘हेमक’ ले नै संगठित गरेका कयौँ ब्यक्ति उपल्लो तहमा पुगिसकेका छन् ।

‘हेमक’ लाई निकै नजिकबाट चिन्ने मध्येका एक हाल ओली समूह काभ्रेका नेता विनोद गौतमले ‘हेमक’ को उपस्थितिले पार्टी थप मजबुद हुने दाबी गर्नुभयो । ‘छलकपट कहिल्यै नगर्ने पार्टीको निष्ठावान ब्यक्ति पुनः राजनीतिमा सक्रिय हुनुभएको छ, उहाँ अहिले केपी ओलीको राष्ट्रप्रतिको इमान्दारितालाई साथ दिन आइपुग्नुभएको हो, यसले काभ्रेमा पार्टीलाई मजबुद बनाउन थप भूमिका खेल्ने छ ।’

‘हेमक’ लोभमा नफस्ने भएरै होला सायद उहाँको योगदानको पनि कदर खासै भएन् । आफ्नो सिद्धान्तलाई जनतालाई बुझाउन सकियो भने कहिल्यै जर्वजस्त संगठित गर्नु पर्दैन भन्ने बुझाई राख्नु हुन्छ ‘हेमक’ । यु’द्धका बेला हरेक गाउँ, टोली, बस्ती बस्तीमा आफ्नो पार्टीको सिद्धान्त र विचार पुर्याउन ‘हेमक’ को भूमिका निकै महत्वपूर्ण रह्यो ।

पूर्व वाइसिएल काभ्रेका अध्यक्ष एंव हाल ओली समूहका जिल्ला सचिवालय सदस्य रामचन्द्र श्रेष्ठले ‘हेमक’ को अगामनले जिल्लाको गाउँ तहसम्म पार्टीका गतिविधि सजिलै पुर्याउन मद्दत पुग्ने बताउनुभयो । ‘पार्टी फुट्ने र जुट्ने क्रममा ‘हेमक’ लाई जर्बजस्त बिर्सने कोशिस गरियो, अहिले पनि उहाँ कसैको प्रलोभवनमा परेर आउनुभएको होइन, उहाँको स्वभावनै प्रलोभवनमा पर्ने होइन, ‘हेमक’ कमरेडले केपीको चट्टानी अडानलाई साथ दिनुभएको हो, यसले काभ्रेमा पार्टीलाई ठूलो योगदान पुग्नेछ ।’

शुक्रबारदेखि सुरु भएर शनिबार सकिएको नेकपा काभ्रेको बैठकको मञ्चमा ‘हेमक’ लाई नेकपा काभ्रेका इन्चार्ज गोकुल बास्कोटाले आफुसँगैको सोफामा राख्नुभएको थियो । ओली समूहलाई साथ दिदैँ मन्तब्यमा ‘हेमक’ ले आफु कसैको आश्वासन र प्रलोभनमा नपरेको स्पष्ट पार्नुभयो ।

राष्ट्रप्रति केपी ओलीले देखाएको इमानदारितालाई साथ दिएको ‘हेमक’ को भनाई छ । ‘हेमक’ को पक्षमा खासै कार्यकर्ता देखिदैनन् । तर पनि चौरीदेउराली गाउँपालिकामा आफ्नो समूहको जनधार केहि कम रहेको आँकलन गरेको ओली समूहलाई ‘हेमक’ को साथले बल पुगेको छ ।

11380
Shares

ट्रेन्डिङ